Logo
Logo

निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न सरकारलाई आयोगको ध्यानाकर्षण


441
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्ने लगायतका विभिन्न मागहरू राखी विगत १० दिनदेखि काठमाडौंको माइतिघरमा आमरण अनशनमा रहेका डा.निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य कमजोर बन्दै गएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

The current image has no alternative text. The file name is: nicolas.jpg

बिहीबार आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले यस सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको बताउँदै आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको, भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रा समेत घटेको पाइएको बताएका छन् ।

आयोगले निजहरूको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनसनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पुर्‍याउन र उनीहरूको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्