Logo
Logo

अब सबै म्यानपावरले जापानमा कामदार पठाउन पाउने


1.4k
Shares

काठमाडौं । सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेको छ । यससँगै सबै म्यानपावर कम्पनीले जापानमा श्रमिक पठाउन पाउने बाटो खुलेको छ । 

The current image has no alternative text. The file name is: nepal-japan.jpg

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०६६ मा जारी गरेको ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका’ खारेज गरेको हो । यसअघि जिट्को (जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन) मार्फत मात्र निश्चित सूचीकृत म्यानपावर कम्पनीहरूले नेपाली श्रमिक पठाउने व्यवस्था थियो । निर्देशिका खारेज भएसँगै जिट्को पनि खारेज भएको छ ।

अब सबै इजाजतपत्र प्राप्त म्यानपावर व्यवसायीले अन्य देशजस्तै जापानमा कामदार पठाउन सक्नेछन् । मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार हाल टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम (टीआईटीपी) मार्फत कामदार पठाइरहेकाले पुरानो निर्देशिका आवश्यक नभएको हो । 

जापानले सन् २०२७ देखि टीआईटीपी खारेज गरी नयाँ ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ (ईएसडी) कार्यक्रम लागू गर्दै छ । व्यवसायीहरूले लामो समयदेखि यो निर्देशिका खारेज गरी सबैलाई अवसर दिन माग गर्दै आएका थिए ।

विगतमा जिट्कोमा सूचीकृत ४८२ म्यानपावरमध्ये धेरैले कामदार पठाउन नपाउँदा लाइसेन्स नवीकरण छाडेका थिए । मन्त्रिपरिषद्को निर्णयले भाषा परीक्षासम्बन्धी झन्झट हटाएर सहज वातावरण बनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्