Logo
Logo

युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको रुसको दाबी


630
Shares

मस्को । युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको नियन्त्रणमा रहेको क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र र ५० भन्दा बढी व्यक्ति घाइते भएका प्रारम्भिक रिपोर्टबाट जानकारी प्राप्त भएको मस्कोका गभर्नर र रुसी अधिकारीहरूले बिहीबार बताएका छन् ।

The current image has no alternative text. The file name is: russain.jpg

‘ब्ल्याक सीको तटीय ग्रामिण इलाकामा रहेको एक क्याफे र होटलमा तीनवटा यूएभीले आक्रमण भएको र यसबाट २४ जनाको मृत्यु भएको र ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्,’ गभर्नर भ्लादिमिर साल्डोले आक्रमणको पुष्टि गर्दै टेलिग्राममा लेखेकाब छन् ।  

रुसी अनुसन्धान समितिले २० जनाभन्दा बढीको मृत्यु भएको र कैयौँ घाइते भएको आक्रमणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । साल्डोले टेलिग्राममा पोस्ट गरेका तस्बिरहरूमा आगोले जलेको भवन, धुँवादार भग्नावशेषको थुप्रो र जलेका मृत शरीरहरू देखिएका थिए ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनले सर्वसाधारणमाथि ‘आतङ्कवादी हमला’ गरेको आरोप लगाएका छन् । 

युक्रेनी अधिकारीहरूले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । खोरली गाउँ ‘ब्ल्याक सी’ तटमा रुसी प्रायद्विपमा अवस्थित छ र फेब्रुअरी २०२२ मा युक्रेन विरुद्ध रुसी सेनाले सुरु गरेको आक्रमणको सुरुवातमा रुसी नियन्त्रणमा परेको थियो।

सन् २०२२ को शरद ऋतुमा युक्रेनी सेनाले प्रत्याक्रमणको क्रममा क्षेत्रीय राजधानी सहित खेरसोन क्षेत्रको ठूलो भाग पुनः कब्जा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्