Logo
Logo

निकोलस भुसालसँग वार्ता गर्न समिति गठन


819
Shares

काठमाडौं । अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० दिनदेखि विभिन्न माग राख्दै अनशन बसेका भुषालसँग वार्ता गर्न समिति गठन गरेको हो ।

The current image has no alternative text. The file name is: nicolas.jpg

भुसालसँग वार्ता गर्न प्रधानमन्त्रीको प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा समिति गठन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

विभिन्न माग राखी केही दिनदेखि अनसनरत भुसालको नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन गरी खनाललाई संयोजक तोकिएको छ । उक्त वार्ता टोलीमा ३ सदस्यसमेत रहेका छन् ।

सदस्यहरूमा प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना,  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल रहेका छन् ।

भुसालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, प्रदेश खारेजीलगायतका विभिन्न मागहरू राखेर माइतीघरमा अनशन बसेका थिए । बुधवार उनको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि वीर अस्पतालमा लगिएको छ । उनको अहिले उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्