काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका लागि तीनवटा प्रस्ताव राखेका छन् । शुक्रवार छलफलका लागि आएका २५ बढी केन्द्रीय सदस्यसँग शर्माले केन्द्रीय समितिले नै आह्वान गर्ने गरी तीनवटा प्रस्ताव अघि सारेका हुन् ।

पहिलो-केन्द्रीय समितिले नै बैठक आह्वान गरेको अवस्थामा पुस २६ गते महाधिवेशन बोलाउने र नीति र नेतृत्व चयन भने २७ गते गर्न । दोस्रो – केन्द्रीय समितिले नै बोलाउने र यसलाई नीति महाधिवेशन रूपमा गरेर सङ्कल्प महाधिवेशनमा रुपान्तरण गर्ने । तेस्रो विकल्प हो विधानअनुसार, अहिलेको मागअनुसार विशेष महाधिवेशन गर्ने ।’
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चर्किँदो छ । महामन्त्रीहरू विशेषको विकल्प नभएको बताउँदै आएका छन् भने संस्थापन समूहका नेता भने फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुने भएपछि त्यसअघि महाधिवेशन सम्भव नभएको बताउँदै आएका छन् ।












