काठमाडौं । चीनले ताइवान वरपरका क्षेत्रहरूमा सैन्य अभ्यासहरू गरिरहेको विषयमा अमेरिकाले कडा प्रतिक्रिया जनाएको छ । यी सैन्य अभ्यासहरू डिसेम्बर ३१ मा सम्पन्न भएका थिए ।

अमेरिकी विदेश विभागले विज्ञप्ति जारी गर्दै ताइवान र यस क्षेत्रका अन्य पक्षहरूप्रति चीनको सैन्य गतिविधि र भाषाले अनावश्यक रूपमा तनाव बढाइरहेको उल्लेख गरेको छ ।
अमेरिकाले भनेको छ,’हामी चीनलाई संयम अपनाउन, ताइवानविरुद्ध सैन्य दबाब बन्द गर्न र यसको सट्टा अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौँ । संयुक्त राज्य अमेरिकाले ताइवान जलडमरूमा शान्ति र स्थिरतालाई समर्थन गर्दछ र बल प्रयोग गरेर वा जबरजस्ती गरेर वर्तमान स्थितिमा कुनै पनि एकपक्षीय परिवर्तनको विरोध गर्दछ ।’
ताइवानले पनि चीनको सैन्य अभ्यासको कडा विरोध गरेको छ । चीनले यी सैन्य अभ्यासहरूलाई ुन्याय मिसन २०२५ु नाम दिइएको थियो ।
चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्छ, जबकि ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्दछ ।












