Logo
Logo

चक्रे मिलन गोर्खा-२ बाट एमालेको उम्मेदवार सिफारिस


0
Shares

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्यका लागि गोरखा-२ बाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन् । 

गुरुङलाई नेकपा (एमाले) उम्मेदवार सिफारिस गरिएको हो । उम्मेदवार सिफारिस भएपछि प्रतिक्रिया दिँदै गुरुङले यो निर्णय व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजीको निरन्तर माग र दबाबका कारण लिएको बताए ।

उनले आफू २०५० सालदेखि एमालेमा सक्रिय रहेको बताउँदै समाज सेवासँगै राजनीतिमा योगदान दिन खोजेको उनले बताए । आफूलाई गुण्डा आरोप लगाउने गरेकोमा पनि उनले दुखित भएको बताए । 

प्रतिक्रिया दिनुहोस्