काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजनको कुरा कसैले नसोचेको बताएका छन् ।

शुक्रवार केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले अहिले देखिएको महाधिवेशनको विवाद समाधान हुने बताएका हुन् ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गरेर नियमति महाधिवेशन स्थगित भएको घोषणा गरेका थिए । त्यसलाई लिएर कांग्रेस विभाजनतिर लग्न खोजेको संस्थापन पक्षका नेताहरूले आरोप लगाइरहेका छन् ।
शर्माले भने, ‘नेपाली कांग्रेससँग सिङ्गो समाजलाई जुटाउनुपर्ने दायित्व छ । यस्तो वेलामा नेपाली कांग्रेस विभाजिन हुने कुरा विलकुलै आउँदैन, कसैले सोचेको छैन।’
नियमित महाधिवेशनको कार्यतालिका अघि बढ्न नसकेकाले विशेष महाधिवेशनको कुरा आएको शर्माले बताए । कार्यसम्पादन समितिको बैठकले यस विषयमा निर्णय गर्ने उनले बताए ।












