Logo
Logo

कुलमान रास्वपा प्रवेश गरेको विषय जानकारीमा आएको छैन : सरकार प्रवक्ता


630
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् ।

The current image has no alternative text. The file name is: jagadhish.jpg

शुक्रवार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय औपचारिक रूपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने बताए ।

उनले भने, ‘कुलमान घिसिङ मन्त्रीज्यू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो भनेर तपाईँहरूले मलाई सुनाइराख्नुभएको छ, सरकारमा औपचारिक रूपमा त्यसको जानकारी आएको छैन । औपचारिक रूपमा त्यो जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र उहाँको तर्फबाट लिनुपर्ने निर्णय हुन्छ ।’

सरकारको मन्त्रीमात्रै नभइ जोकोही योग्य नागरिक चुनावमा उठ्न पाउने भन्दै उहाँले पद र शक्तिको दुरुपयोग भने गर्न नमिल्ने उल्लेख उनले गरे ।

खरेलले आफू नागरिक सरकारको प्रवक्ताका साथै सञ्चारमन्त्री पदमा रहेकाले अहिलेसम्म कुनै पार्टीमा आवद्ध नरहेको र चुनाव लड्ने वा नलड्ने भन्ने बिषयमा कुनै निर्णय नगरेको बताए ।

आसन्न प्रतिनिधिसभाको निर्वाचनको सबै तयारी भइसकेकाले तोकिएको समयमा निर्वाचन हुनेमा आशङ्का नगर्न आग्रह समेत उनले गरे ।

प्रतिक्रिया दिनुहोस्