काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ ।

शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यकाल थप्ने प्रस्ताव पेश गरेका हुन् । यसमा कांग्रेसका सबै तह र निकायको कार्यकाल आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ ।
कार्यवाहक सभापति खड्काले राखेको प्रस्तावमा ‘यो विशेष परिस्थितिमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४३ बमोजिम पार्टीको सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८३ जेठ मसान्तसम्म’ थप्ने भनिएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रस्ताव पारित गरेमा कांग्रेसका सबै तह र निकायको म्याद आगामी २०८३ जेठ मसान्तसम्म थपिनेछ ।












