काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम का बलर करण केसीले वर्षा बस्नेतसँग इन्गेजमेन्ट गरेका छन् ।

शुक्रवार करण केसीले भने वर्षासँग इन्गेजमेन्ट गरेको भन्दै दुवै जनाले औँठी लगाएको तस्बिर सार्वजनिक गरेका छन् ।
करणले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै भनेका छन्’ ‘फरएभर स्टार्स नाव’
दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा चलेपनि औपचारिक रूपमा उनीहरूले यसको पुष्टि यसअघि गरेका थिएनन् । नयाँ वर्षको अवसरमा वर्षाले औँठी लगाएको तस्बिर सार्वजनिक गरेपछि उनले करणसँग इन्गेजमेन्ट गरेको चर्चा सामाजिक सञ्जालमा गरिएको थियो ।












