Logo
Logo

पुस मसान्तभित्र विशेष महाधिवेशन महामन्त्रीले बोलाउँछ: गगन थापा


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको मिति वैशाख २८-३१ मा गर्ने प्रस्ताव बहुमतले पारित भए पनि विशेषको कुरा नटुङ्गिएको बताएका छन् । उनले विधानको धारा १७(२) अनुसार नै पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बताएका हुन् ।

The current image has no alternative text. The file name is: gagan.jpg

 बैठकपछि थापाले भने,‘आजको बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नु भएको छ । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नु भयो । हामी ४-५ जनाको फरक मत भयो तर, बहुमतले पारित भयो । विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको ३ महिनाभित्र बोलाउन पर्नेछ । पुसको २८-२९ तीन महिनाको अन्तिम म्याद हो ।’

मङ्सिर १५ गतेको केन्द्रीय समितिको बैठकले कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन नियमित महाधिवेशन हुने अवस्थामा मात्रै त्यो स्थगित हुने भनिएको तर नियमित नभए उक्त माग सम्बोधन गर्नुपर्ने अवस्था सुरु हुने थापाको भनाइ छ ।

उनले अब विशेष महाधिवेशनबारे निर्णय हुने पनि बताए । उनले भने, ‘आजको बैठकमा फरक मत लेख्यौँ, घर गयौँ सुत्यौँ भन्ने होइन । अझै एक दुई दिन हेर्छौँ । सभापतिले, कार्यवाहकले भोलि नै बैठक राखेर विधानको धाराअनुसार विशेष बोलाउनु भयो भने उत्तम हुन्छ । हैन थप्यौँ सबै घर जाऔँ भन्नुभयो भने यो मान्दैनौँ । यस्तो अवस्थामा मैले विधान १७ को २ को पालना मैले गर्छु, गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्