Logo
Logo

रास्वपाको समानुपातिक उम्मेदवारीबाट पछि हटिन् त्रिशला गुरुङ


945
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको बन्दसूचीमा समावेश भएकी गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले उम्मेदवारीबाट पछि हटेकी छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उम्मेदवारबाट पाछिहटेको जानकारी गराएकी हुन् ।

The current image has no alternative text. The file name is: tirsala-gurung.jpg

 उज्यालो नेपाल पार्टी (जसले रास्वपासँग एकता गरेको थियो) बाट समानुपातिक प्रतिनिधित्वका लागि सिफारिस हुनु आफ्नो लागि सम्मान र ठूलो जिम्मेवारीको विषय रहेको बताउँदै गुरुङले गहिरो आत्ममूल्यांकनपछि राजनीतिक उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेको बताएकी छन् ।

उनका अनुसार यो निर्णय कुनै असन्तुष्टि वा अस्वीकार होइन, बरु आफ्नो पेशागत जिम्मेवारीप्रतिको प्रतिबद्धता र दीर्घकालीन सामाजिक योगदानको मार्ग रोजाइ हो । ‘कला र स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पु¥याउने मेरो दृढ सङ्कल्प नै यस निर्णयको मूल कारण हो ।’ उनले लेखेकी छन् ।

डा।गुरुङले पार्टी नेतृत्वले देखाएको विश्वास, सम्मान र समर्थनप्रति आभार व्यक्त गर्दै त्यो भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता पनि जनाएकी छन् । राजनीतिक पदमा नरहे पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा सक्रिय रहने उनको भनाइ छ ।

डा।गुरुङले अन्त्यमा पार्टीको भावी यात्राका लागि शुभकामना दिँदै लोकतान्त्रिक अभ्यास र समावेशी प्रतिनिधित्वको प्रयास सफल होस् भन्ने कामना गरेकी छन् ।

गुरुङको नाम रास्वपाको बन्दसूचीको १९ नम्बरमा रहेको छ । आदिवासी जनजातितर्फ महिलाको पाँचौँ नम्बरमा उनको नाम छ ।

प्रतिक्रिया दिनुहोस्