पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकीका नेता पुष्प अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश गरेका छन् ।

सङ्घीय महिला बालबालिका मन्त्री र गण्डकी प्रदेशकोसमेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसकेका खड्कालाई कांग्रेसले अन्तर्घात गरेको आरोपमा निष्कासन गरेपछि रास्वपा प्रवेश गरेका हुन् ।
उनीहरूलाई आज रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटा लगायतले पार्टीमा स्वागत गरेका थिए ।












