काठमाडौं । नवौँ एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ ।

शनिवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै न्यू डाइमण्ड स्पोर्ट्स क्लबले उपाधि जितेको हो ।
न्यु डाइमण्डले नेपाल पुलिसलाई २५-१८, २५-१९ र २५-१८ को सेटमा हराएको थियो ।
उपाधि जितेसँगै न्यू डायमण्डले ट्रफीसहित समान नगद ५ लाख रुपैयाँ पाएको छ भने उपविजेता बनेको पुलिस क्लबले २ लाख ५० हजार रुपैयाँ र ट्रफी पाएको छ ।












