Logo
Logo

‘गर्न सक्नेका लागि टिकटक राम्रो प्लेटफर्म हो’


करिश्मा श्रेष्ठ, मोडल तथा कन्टेन डिजाइनर

567
Shares

हाल निकै चर्चामा छिन् करिश्मा श्रेष्ठ । मोडलसमेत रहेकी उनी खासगरी ‘कन्टेन्ट डिजाइनर’ हुन् । उनले बनाएका ‘टिकटक कन्टेन’ डिजाइनहरूले धेरैको मन जितेको छ । ‘टिकटक’बाट कला दुनियाँमा प्रवेश गरेकी करिश्माले छोटो समयमै नाम र दाम कमाइन् । साथै, चर्चा पनि । उनी आफ्नो कामबाट खुसी छिन् । करिश्माले दजनौँ म्युुजिक भिडियो र विज्ञापनका साथै केही चलचित्रमा पनि काम गरिसकेकी छिन् । सौख र रहरले कला क्षेत्रमा लागेकी करिश्मा श्रेष्ठसँग रेजिना पाण्डेको जम्काभेट ।

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

कन्टेन डिजाइन, म्युजिक भिडियो, बिज्ञापनजस्ता आफ्नै कामतिर व्यस्त छु । चलचित्रमा पनि कुरा भइरहेको छ । नयाँ प्रोजेक्ट आयो र मौका मिल्यो भने काम गर्ने तयारीमा छु ।

‘कन्टेन्ट डिजाइनर’ र म्युजिक भिडियोमा जति सफलता पाउनुभयो, चलचित्रमा भाग्यले साथ नदिएको हो ?

होइन, काम गर्नु पाउनु नै ठुलो कुरा हो । काम गर्दै जाँदा कहिले सफल भइन्छ, कहिले असफल । तर काम गर्दाको अनुभव र सिकाइ पनि सफलता हो । ममा आत्मविश्वास र क्षमता दुवै छ । तर काम गर्दै जाँदा सबै ठाउँमा सफल भइन्छ भन्ने छैन ।

‘टिकटक कन्टेन्ट’ डिजाइनबाट कमाइ कस्तो छ ?

राम्रै मान्नुपर्छ । मलाई पनि राम्रै भएको छ । लकले कमाउने अवसर पनि पाएकी छु । टिकटक र कन्टेन डिजाइनबाट धेरैले मलाई चिने पनि । म मात्र होइन, धेरै सेलिबे्रटीहरू टिकटकबाटै आउनु भएको छ । गर्न सक्नेका लागि यो राम्रो प्लेटफर्म बनेको छ । कतिले त घरमै बसिबसी पनि आम्दानी गर्ने माध्यम बनेको छ । यसलाई हामीले सकारात्मक रुपमा लिन सक्छौँ ।

टिकटक भिडियोहरूमा नकारात्मक कमेन्ट बढी देखिन्छ, यसलाई कसरी हेर्नुहुन्छ ?

म खासै कमेन्टमा ध्यान दिन्न । म पब्लिक फिगर भएको कारणले राम्रा–नराम्रा, नकारात्मक–सकारात्मक दुवै आउँछ । मलाई खासै फरक भने पदैन । राम्रालाई राम्रो तरिकाले हेर्छु । नकारात्मक कमेन्टहरूलाई पनि हेरेर टाँरिदिन्छु । कति त हाँसेर टारेको पनि छु । किनकि, सबै चिज नकारात्मक सकारात्मक हुन्छ । तर, राम्रो सोचेर काम गर्नुपर्छ, राम्रै हुन्छ । कसले के भन्ला भन्नुभन्दा आफनो काम गर्दै जाने हो ।

अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा चाहिनेभन्दा नचाहिने कुराहरू देखाइन्छ भन्छन नि ?

हरेक काममा नकारात्मक र सकारात्मक हुन्छ । आफु त्यो चिजलाई कसरी लिने भन्ने हो । बास्तवमा राम्रो गर्ने र हेर्ने हो भने टिकटक कन्टेन्ट डिजाइनले हरेकलाई राम्रो आयस्रोत र कमाउने बाटो बनाई दिएको छ । धेरैले यसको सदुपयोग गरेका छन् । घर बसिबसी कमाएका छन् । यो पनि राम्रो हो । यही टिकटक कन्टेन्ट डिजाइनबाट धेरैको फाईदा भएको छ । कतिको लागि रमाइलो पनि छ । यहाँ व्यक्तिपिच्छे आफ्नो च्वाईस हुन्छ, जसलाई जे गर्न मन लाग्छ, त्यही गर्ने हो । तर, हाम्रो समाज कस्तो छ भने त्यसलाई नचाहिदो भन्ने नानाथरी टिकाटिपणी गरिन्छ ।

तपाईँ कतिको फेसनेवल हुनुहुन्छ ?

आफ्नो लागि फेसनेवल नै छु । ग्लामरस क्षेत्रमा भएकोले समयअनुसार फेसन गर्छु । मन पनि लाग्छ । प्रायः मेरो कपडा र जुत्तामा नै खर्च हुन्छ । समयअनुसार फेसनेवल भएर हिडँनु मेरो रुचि हो । फेसनलाई फलो गरिरहेको पनि हुन्छु । ग्लामरस क्षेत्रमा भएको हुँदा कपडा, जुत्ता र मेकअपमा ज्ञान लिइरहेको हुन्छु । यसमै मेरो बढी खर्च हुन्छ ।

पहिलेको करिश्मा र अहिलेको करिश्ममा के फरक छ ?

धेरै फरक छ । सोच बिचार नै फरक छ । आज धेरै सपनाहरू बोकेर हिँडेको छु । गर्नेपर्ने कामहरू पनि धेरै छन् ।

आजका महिलाहरू कस्ता छन् र कस्तो हुनुपर्छ ?

अहिले महिलाहरू अगाडि बढेका छन् । अहिलेका महिलाहरू आफ्नो लागि सही वा गलत के हो भन्ने निणय गर्न सक्ने क्षमता छ । यो सकारात्मक हो । महिलाहरू जुनै क्षेत्रमा भएपनि अब्वल हुनुपर्छ र लिडर हुनुपर्छ ।

परिवार सबै विदेशमा तपाईँ चाहिँ किन नेपालमा ?

हो, मेरो बाबा–ममी र दिदी सबै बाहिर हुनुहुन्छ । म चाहिँ नेपालमा काम गदैँ, पढर्दैछु । भविष्यमा मिल्यो भने मास्टर पढ्न बाहिर जाने योजना बनाउँदै छु ।

नेपालमा आफ्नो भबिष्य देख्नुभएको छ कि छैन ?

छ । मैले गरिरहेकी पनि छु । मजस्ता युवाहरूले पनि गरिरहेका छन् । तर, धेरैले भने अवसर पाएका छैनन् । युवा नयाँ पुस्तालाई राम्रो काम गर्ने बाताबरण राज्यले बनाइदिए राम्रो हुन्थ्यो ।

परिवारबाट टाढा हुँदा कस्तो महसुस हुन्छ ?

परिवारबाट टाढा बस्दा म मात्र होइन, सबैलाई नरमाइलो लाग्छ । तर, समय परिस्थितिअनुसार चलेको छ । चलाउनुपर्छ । यो आ–आफ्नो बाध्यता हो ।

उमेर पुग्यो, विवाह गर्ने सोच बनाउनुभएको छैन ?

अहिले त खासै केही योजना छैन । साइत पनि आएको छ जस्तो लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्