Logo
Logo

४३ सय संक्रमित थपिंदा ३५ सय निको भए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असोज ।
कोरोना संक्रमणदर झन् बढ्दै गएको छ । शुक्रबार चार हजार ३ सय ९२ जना संक्रमित थपिएका छन् । यो अवधिमा तीन हजार पाँच सय २२ जना निको भएका छन् भने २१ जनाको ज्यान गएको छ ।


नेपालमा कुल संक्रमितको संख्या एक लाख २६ हजार एक सय ३७ पुगेको छ त्यसमध्ये ८८ हजार ४० जना निको भएका छन् । मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । ३७ हजार ३ सय ८२ जना उपचाररत छन् ।

शुक्रबार उपत्यकामा २४ सय २ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्