
एजेन्सी । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् ।
राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिइएको हो ।
यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि डेल्सीले कावा राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् ।
साथै भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।












