
एजेन्सी । अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हमलामा परि कम्तिमा ४० जनाको मृत्यु भएको छ ।
शनिबारको हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको प्रारम्भिक आकलन रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मारिनेहरूमा नागरिक र भेनेजुएली सेना रहेको बताइएको छ । अरू क्षतिबारे विवरण सार्वजनिक भएको छैन ।
अमेरिकी सेनाले शनिबार बिहान भेनेजुएलाको राजधानी कराकस सहित चार ठाउँमा आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका पुर्याएको छ ।
सैन्य कारबाहीमा १५० भन्दा बढी लडाकू विमान प्रयोग गरिएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाले खासगरी प्रमुख सैन्य संरचनाहरू नजिक शक्तिशाली विस्फोट गराएका थिए ।












