Logo
Logo

प्रधानमन्त्रीका श्रीमानलाई थप उपचारका लागि भारत लैजाने तयारी


2.1k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा प्रसाद सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ ।

The current image has no alternative text. The file name is: durga-subedi.jpg

गत बिहीबारदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (महाराजगञ्ज) मा भर्ना भएका सुवेदीलाई पिसाबमा सङ्क्रमण देखिएपछि उपचार भइरहेको थियो । 

अस्पतालमा ४ दिनसम्म क्याबिनमा राखेर विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको उपचार गरेको थियो । उनमा पिसाबको संक्रमणका साथै रिंगटा लाग्ने, पेट दुख्ने जस्ता समस्या देखिएका थिए । सिटी स्क्यान र एमआरआई जाँच गर्दा भने कुनै गम्भीर समस्या देखिएको छैन ।

यद्यपि, स्वास्थ्यमा पूर्ण सुधार नभएपछि र थप निदान तथा उपचारका लागि दोस्रो राय (सेकेन्ड ओपिनियन) लिने उद्देश्यले उनलाई भारत (दिल्ली) लैजान लागिएको हो । अस्पताल स्रोतका अनुसार, प्रधानमन्त्रीका निजी चिकित्सक डा। मनबहादुर केसीको सल्लाहमा आज बिहान उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ र केही समयमै दिल्लीतर्फ लगिने तयारी छ । दिल्लीको कुन अस्पतालमा उपचार हुने भन्ने विषय भने गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्