Logo
Logo

दोलखामा एमाले विद्रोह : १० सदस्यले दिए राजीनामा  


6.9k
Shares

काठमाडौं । नेकपा (एमाले) दोलखामा आन्तरिक विद्रोह चर्किएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्वत गुरुङको नाम बहुमतका आधारमा एकल सिफारिस भएपछि जिल्ला कमिटीका १० जना सदस्यले पार्टीमा विद्रोह गरेका छन् ।

The current image has no alternative text. The file name is: yamle.jpg

उम्मेदवार आकांक्षी नेता बालकृष्ण शिवाकोटीका अनुसार जिल्ला कमिटीका उपसचिव हरि ओलीसहित १० सदस्यले सिफारिसविरुद्ध आवाज उठाएका हुन् । कालिञ्चोक गाउँ कमिटीले पनि विद्रोहलाई साथ दिँदै सबै पदाधिकारीले जिम्मेवारी त्यागेका छन् । शिवाकोटीले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले पार्वत गुरुङको निर्देशनमा नियोजित ढंगले नाम सिफारिस गरेको आरोप लगाएका छन् ।

जिल्ला अध्यक्ष श्रेष्ठले १०१ सदस्यीय कार्यसमितिको बैठकमा बहुमतका आधारमा गुरुङको नाम प्रदेशमा पठाइएको बताएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा धेरै आकांक्षीमध्ये अधिकांशले नाम फिर्ता लिए पनि गुरुङ र शिवाकोटी दुवैले दाबी कायम राखेका थिए ।

पार्वत गुरुङ ११औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनी केपी ओलीका विश्वासपात्र मानिन्छन् । २०७४ को निर्वाचनमा दोलखाबाट जितेपछि उनी सूचना तथा सञ्चारमन्त्री र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका थिए । विद्रोहपछि शिवाकोटीले पत्रकार सम्मेलन गरी जिल्ला नेतृत्वमाथि एकलौटी निर्णयको आलोचना गरेका छन् । उनी पनि ओली निकटका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्