Logo
Logo

जाँचबुझ आयोग निवासमै आएपछि ओलीले दिए लिखित जवाफ


1.6k
Shares

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनासम्बन्धमा छानबिनका लागि बनेको जाँचबुझ आयोग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमै पुगेको छ ।

The current image has no alternative text. The file name is: oli-6.jpg

आयोगलाई  ओलीले लिखित जवाफ दिएका हुन् । जाँचबुझ आयोगलाई बयान नदिने अडान ओलीले लिँदै आएका थिए । आफ्नो निवासमै आएमा चिया खुवाएर पठाउने उनले बताएका थिए । नभन्दै आयोगका कर्मचारी लिखित प्रश्नहरू लिएर गुण्डुमै पुगेका हुन् । 

आफ्नो जवाफमा ओलीले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निस्पक्षतामा प्रश्न उठाएका छन् । कार्कीले घटनाबारे आफ्नो फैसला पहिल्यै सुनाइसकेकाले छानबिनको औचित्य नै नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्