काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालले तत्काल आफ्नो राजनीतिक दिशा परिवर्तन नगरे मुलुक गम्भीर बाह्य हस्तक्षेप र सङ्कटमा पर्न सक्ने चेतावनी दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नेपाललाई ‘हर्कवाद’को बाटोमा नलगेमा भेनेजुएलाको जस्तै नियति भोग्नुपर्ने दाबी गरेका छन् ।
उनले लेखेका छन्– ‘मुलुक तुरुन्तै हर्कवादमा नहिँडे भेनेजुएलाको नियति नेपालमै आइलाग्नेछ !’
पछिल्लो घटनाक्रममा अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको छ ।












