Logo
Logo

बालेनसहित २६ जना रास्वपाको केन्द्रीय समितिमा मनोनीत


1.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।

The current image has no alternative text. The file name is: rasapa-4.jpg

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले मेयर शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

आजै दिउँसो रास्वपाले विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए ।

त्यसपछि पुनस् बसेको बैठकले बालेनसहितलाई केन्द्रीय समितिमा नयाँ सदस्यहरू मनोनीत गरेको हो । त्यस्तै, रास्वपाले ४ जना पदाधिकारीको सङ्ख्या थप गर्ने निर्णय पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्