हेटौँडा । काठमाडौं-हेटौँडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन । काठमाडौंबाट हेटौँडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना भएको थियो ।
जिपमा ९ जना सवार थिए । जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । घटनास्थलबाट घाइते ९ जना घाइतेलाई उद्धार गरी प्रहरीले उपचारका लागि हेटौँडा पठाएको थियो ।












