काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँस्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५०० जनाभन्दा बढी अभिकर्तासहित विभागीय प्रमुख, प्रदेश प्रमुख एवं बागमती प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्वीप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्लबको सदस्यता वितरण तथा सम्मान गरेका थिए भने नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो । सो प्रदेशबाट आफ्नो कोड र सञ्जालमा प्रथम द्वितीय, तृतीय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइओ क्लब कार्यक्रममा नेपालभर बाट १६०० जनाभन्दा बढी अभिकर्ताहरु छनोट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाबाट अभिकर्ताहरुलाई सकरात्मक असर पु¥याउने हुँदा सबै तहका अभिकर्ताहरुलाई हुनेगरी मासिक तथा बार्षिक योजना ल्याउने क्रमलाई निरन्तरता दिने बताए ।
उनले बीमा अभिकर्र्ता पेशा केवल व्यवसायसँग जोडिएको नभई सेवाभावसँग जोडिएको पवित्र पेशा भएकाले यसमा जोडिने हरेक अभिकर्ताले सफलता हासिल गर्ने मुख्य आधार नै कामप्रतिको इमान्दारिता र निरन्तरता रहेको बताए । सो समारोहमा उपस्थित विजेता अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले मोटिभेसनल तालिम प्रदान गरेका थिए ।
बागमती प्रदेशबाट उत्कृष्ट हुने अभिकर्तामध्ये कलंकी शाखाका नारायण सुवेदी र नारायणथान शाखाका रविना केसीले आफ्नो व्यावसायिक अनुभव सुनाएका थिए । समारोहमा सहभागी विजेता अभिकर्ताहरुले चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्दा यस पेशामा थप ऊर्जा मिलेको र आफ्नो मेहेनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै गर्व महसुस भएको बताएका थिए ।












