Logo
Logo

राष्ट्रियसभामा गठबन्धन गर्न एमाले, नेकपासँग छलफलमा छौं : नेता सिटौला


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा निर्वाचनबारे कांग्रेसले अन्य पार्टीहरूसँग छलफल गरिरहेको बताएका छन् ।

राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका सिटौलाले पत्रकार सम्मेलन गरेर कुन कुन पार्टीसँग गठबन्धन हुने भन्नेबारे आज बस्ने कार्यसम्पादन समिति बैठकले टुंगो लगाउने बताए ।

‘कुन कुन पार्टीसँग गठबन्धन हुने, क्लष्टर के हुने भन्नेमा आज टुंगो लाग्छ । आजको कार्यसम्पादन समितिमा छलफल हुन्छ । एक्लै लड्दा परिणाम नआउने भएकाले राष्ट्रियसभामा गठबन्धन गर्ने कुरा भएको हो,’ उनले भने, ‘ राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग साझा सहकार्य गर्न उपयुक्त हुन्छ । सबै दलहरूबीच तालमेल हुनु उपयुक्त हुन्छ भन्ने हो ।’

नेता सिटौलाका अनुसार कांग्रेसले नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै मधेशी मोर्चासँग पनि तालमेलका लागि छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्