Logo
Logo

जाँचबुझ आयोगले बालेनलाई बयानमा बोलायो


945
Shares

काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनको घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले काठमाडौं महानगरका मेयर बालेन शाहलाई बयानमा बोलाएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, जेनजी प्रतिनिधि सुदन गुरुङ, पुरुषोत्तम यादव लगायतसँष् बयान लिइसकेको आयोगले पत्र पठाएर बालेनलाई पनि बोलाएको हो । बालेनलाई आयोगले बयानमा बोलाएको उनका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।

जेनजी आन्दोलनका पहिलो दिन काठमाडौं महानगरले पानी वितरण गरेको थियो । त्यस्तै दोस्रो दिन २४ गते तत्कालीन प्रधानमन्त्री केपी ओली लगायतले राजीनामा दिइसकेको भन्दै बालेनले जेनजीलाई आन्दोलनबाट फर्किन आह्वान गरेका थिए ।

त्यस्तै बालेने नयाँ सरकार गठन गर्ने सन्दर्भमा जेनजीहरुलाई सेनासँग वार्ता गर्न र प्रतिनिधि सभा विघटनलाई सर्त राख्न आग्रह गरेका थिए । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गर्नमा पनि उनकै हात रहेको बताइन्छ । यी सबै घटनामा बालेन प्रत्यक्ष नदेखिएपनि अपत्यक्ष रुपमा उनको संलग्नता रहेको भन्दै आयोगले उनलाई बयानमा बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्