Logo
Logo

कोरानाबाट वडा सदस्यको मृत्यु


- दृष्टि न्युज/संवाददाता


चितवन, १ कार्तिक । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी क्यान्सर रोगबाटसमेत पीडित थिए ।
भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनीमा असोज २८ गते संक्रमण पुष्टि भएको थियो । आईसोलेसनमा रहनुभएकोमा उहाँलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो ।
खोकी र श्वासप्रश्वासमा समस्या रहेको उहाँको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो । उनी नेपाली कांग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्