काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुवै पक्षबीच द्विपक्षीय हित, सहयोग र समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि पूर्याउँदै आएको विकास सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा पनि नेपालको लोकतान्त्रिक प्रक्रिया, शान्ति र स्थिरताका लागि अमेरिकी सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन् ।
भेटमा प्रधानमन्त्री कार्कीले आगामी फागुनमा हुने निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन अमेरिकाले सहयोग गर्ने अपेक्षा व्यक्त गरिन् ।












