Logo
Logo

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी


1.1k
Shares

काठमाडौं । मुस्लिम समुदायको प्रदर्शनले तनाव बढेपछि वीरगन्जमा आज दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सूचना जारी गर्दै कर्फ्यु आदेश जारी गरेका हुन् ।

The current image has no alternative text. The file name is: birgaunj.jpg

शनिवार धनुषाको एक मस्जिदमा भएको तोडफोड पछि वीरगन्जमा हिजोदेखि नै मुस्लिम समुदायले प्रदर्शन चर्काएका हुन् । यसपछि बीरगञ्ज लगायत मधेसभरि विभिन्न स्थानमा दुई समुदायबीच तनाव बढेको छ ।

‘जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०८२/०९/२१ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म वीरगंज महानगरपालिकाका देहायका क्षेत्रहरूमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क)बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ। उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचित गरिन्छ’ सूचनामा उल्लेख छ  । पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म भित्रको क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । वीरगन्जमा आज हिन्दु समुदायले समेत जय श्रीरामको नारा लगाउँदै प्रदर्शन थालेपछि तनाव झन् बढेको हो ।

प्रतिक्रिया दिनुहोस्