Logo
Logo

थरुहट/थारुवान अभियान रास्वपामा समायोजन


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व एवं थरुहट/थारुवान अभियन्ताहरूबीच औपचारिक रूपमा पार्टी समायोजन भएको छ ।

The current image has no alternative text. The file name is: rasapa-7.jpg

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘बृहत राजनीतिक समायोजन घोषणा सभा’ मा दुवै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

रास्वपामा समाहित हुने क्रममा तयार पारिएको सहमतिपत्रमा पार्टीका तर्फबाट सभापति रवि लामिछाने र नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वको तर्फबाट पूर्ववरिष्ठ उपाध्यक्ष दामोदर पण्डितलगायतले हस्ताक्षर गरेका हुन् । 

हस्ताक्षर समारोहसँगै थरुहट/थारुवान क्षेत्रका विशेष नेतृत्व र अभियन्ताहरू रास्वपामा विधिवत् रूपमा प्रवेश गरेका छन् ।

कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा. स्वर्णिम वाग्लेसहितका शीर्ष नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्