काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालबीच गठबन्धन हुने देखिएको छ ।

नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालसँग सहकार्य गरेर जानेबारे छलफल भइरहेको ब्रिफिङ गरेका हुन् ।
बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महत्तले राष्ट्रिय सभाको निर्वाचनका लागि दलहरुबीच तालमेलका लागि छलफल भइरहेको जानकारी दिए । उनले थप छलफलपछि भोली बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने पनि जानकारी दिए ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । राष्ट्रिय सभामा रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको निर्वाचनका लागि मतदाता रहेका दलहरूले सिट भागबण्डा गरेर निर्वाचनमा जाने तयारी गरेका छन् ।












