Logo
Logo

गगनलाई ठिक पार्न संस्थापनका १० भाइ सक्रिय


2.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनको मागलाई निस्तेज पार्न १० भाई सक्रिय रहेका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको जिद्धीपनले आह्वान गरिएको विशेष महाधिवेशन तुहाउन संस्थापनका १० भाइ सक्रिय रहेका हुन् ।

उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक, किशोरसिंह राठौर, प्रकाशशरण महत, वीरबहादुर बलायर,रामहरी खतिवडा, मोहनबहादुर बस्नेतसहित १० भाइले विशेष महाधिवेशनमा आउने समूहलाई बाटोमा रोक्न विभिन्न षडयन्त्र गरिरहेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले विधानको व्यवस्थालाई कार्यान्वयन गर्न विशेष महाधिवेशन बोलाउने जनाइरहेका बेला आइतबार सभापति शेरबहादुर देउवा निकट प्रभावशाली नेताहरूले पूर्व सहमति विपरित महामन्त्रीहरू प्रस्तुत भएको निष्कर्ष निकाल्दै त्यसलाई निस्तेज पार्न अघि बढेका हुन् ।

कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस २६ गतेको कार्यतालिका ल्याउनु पूर्व महामन्त्रीहरूसँग परार्मश गरेको देउवासहितको उपस्थितिमा भएको बैठकमा जानकारी गराइएको थियो । महामन्त्रीद्वय थापा र शर्मासँगको समझदारीमा मंसिर १५ गतेको केन्द्रीय समितिले १५औं महाधिवेशनको कार्यतालिका ल्याएको पनि बैठकमा जानकारी दिइएको थियो ।

पूर्व सहमति विपरित महामन्त्रीहरूले विशेष महाधिवेशनको कुरा गरेपछि कार्यवाहक सभापति खड्काले असन्तुष्टि प्रकट गरेका थिए । पुस १८ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बहुमतबाट निर्णय गराएर १५ औँ महाधिवेशन २०८३ वैशाख २८–३१ मा सारेपछि महामन्त्रीद्वय थापा र शर्माले पुसमै विशेष महाधिवेशन गर्ने तयारी अगाडि बढाएका बढाएपछि कांग्रेसमा ठूलै विग्रहको अवस्था आएको छ । त्यसले पार्टीमा विग्रह पैदा हुने खतरा बढेपछि विशेष महाधिवेशनलाई ‘संकल्प सम्मेलन’मा रूपान्तरण गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीसँग संवाद अगाडि बढाएको भएपनि सार्थक हुन सकेको छैन ।

पुस १८ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बहुमतबाट निर्णय गराएर १५ औँ महाधिवेशन २०८३ वैशाख २८–३१ मा सारेपछि महामन्त्रीद्वय थापा र शर्माले पुसमै विशेष महाधिवेशन गर्ने तयारी अगाडि बढाएका बढाएपछि कांग्रेसमा ठूलै विग्रहको अवस्था आएको छ । त्यसले पार्टीमा विग्रह पैदा हुने खतरा बढेपछि विशेष महाधिवेशनलाई ‘संकल्प सम्मेलन’मा रूपान्तरण गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीसँग संवाद अगाडि बढाएको भएपनि सार्थक हुन सकेको छैन ।

कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको पक्षमा रहेका नेता डा. शेखर कोइराला पनि तत्काल मनाएर वैशाखको कार्यतालिका बाहिर ल्याउदा गगन–विश्व विच्किएको स्रोतको दावी छ । देउवा निकट नेताहरूले पार्टी विधानको व्यवस्था अनुसार मंसिर १५ गतेको बैठकसँग विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष दोहो¥याउँदै पार्टीका नेता तथा कार्यकर्तालाई भ्रममा नपर्न आआफ्नो ठाउँबाट आग्रह गर्ने निष्कर्ष निकालेका छन् ।

कार्यवाहक सभापति खड्काले तल्लो तहका नेता तथा कार्यकर्तालाई आफु विशेष महाधिवेशनको भ्रममा नपर्न पनि सन्देश पठाइरहेका छन् ।

देउवा निकट नेताहरूले महामन्त्रीहरूले विशेष महाधिवेशन बोलाउने जनाइरहेका बेला उनीहरूले पार्टीको महाधिवेशन, भेला, सम्मेलन वा विशेष महाधिवेशन बोलाउने अधिकार कांग्रेस विधानमा पार्टी सभापति र महामन्त्री दुबैलाई नभएको बताइरहेका छन् ।

पार्टीको महाधिवेशन र विशेष महाधिवेशन वा महासमिति बोलाउने अधिकार कांग्रेस केन्द्रीय समितिलाई मात्र रहेकाले गगन–विश्वहरुको हठलाई निस्तेज पार्न खड्का र उनको टिम खटिएको हो ।

पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रीत गर्ने निष्कर्ष निकालेका छन् । शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते सकिएको जनाउँदै बैशाख २८गतेबाट काठमाडौं १५औं महाधिवेशन गर्ने नयाँ कार्यतालिका बहुमतले पारित गरेको जनाएको छ ।

साथै, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनसहित पछिल्लो अवस्थाका विषयमा पार्टीभित्र गम्भीर छलपल चलिरहेको बेला गगन–विश्वले विग्रह निकालेको भन्दै कतिपय नेताहरुले आलोचना गरिरहेका छन् ।

गगन–विश्व समूहका नेताहरुले गगनलाई प्रधानमन्त्री घोषणा गरेर जानुपर्ने मत राखिरहेका छन् । फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा महामन्त्री थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने महामन्त्री शर्माको अर्को प्रस्ताव आएपछि खड्का पक्षधरहरु अहिले विशेष महाधिवेशन होइन, नियमित महाधिवेशनमा पनि गगन विश्व समूहलाई निस्तेज पार्ने खेलमा लागेका छन् ।

संस्थापन पक्षमा रहेका नेताहरुले तत्काललाई विशेष महाधिवेशन संकल्प सम्मेलनमा रूपान्तरण गरेर त्यहा आएका नेता कार्यकर्तालाई आप्mनो पक्षमा पार्ने जुक्तिका रुपमा लिने तयारीमा छन् । वर्तमान परिस्थिति अनुकूलको नीति र एजेन्डा तय गर्ने गरी संकल्प सम्मेलन अगाडि बढ्दा सभापति शेरबहादुर देउवालाई पनि भेलामा ल्याउनसकिने भन्दै छलफल थालिएको स्रोतको दावी छ ।

काठमाडौँको अनामनगरमा सम्पर्क कार्यालय खोलेर विशेष महाधिवेशन पक्षधरहरूले आन्तरिक गृहकार्य गरिरहेका छन् । केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीसहितका नेताहरु खटिएका छन् । भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको काम अगाडि बढेको छ ।

यता, सभापति शेरबहादुर देउवाको निवास महराजगञ्जमा बसेको संस्थापन पक्षका शीर्ष नेताको बैठकले नियमित महाधिवेशनको तिथि–मिति तोकिसकेपछि विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेर निस्तेजको बाटोमा अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्