काठमाडौं । नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) लाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध अध्यक्ष केपी शर्मा ओलीले दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार रिट खारेज गर्ने आदेश दिएको हो । सर्वोच्चले रिट निवेदनको ‘औचित्य समाप्त भएकाले’ खारेज हुने आदेश दिएको छ ।
एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन हुँदा अध्यादेश मार्फत निर्वाचन ऐन संशोधन गरिएको थियो । पार्टी विभाजन हुन केन्द्रीय सदस्य वा संसदीय दलमा २० प्रतिशत हुने व्यवस्था गरिएको थियो ।
त्यसका विरुद्ध एमाले अध्यक्ष ओलीले २०७८ भदौ १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।












