Logo
Logo

मुस्ताफिजुर टोलीबाट हटाइएपछि बङ्गलादेशमा आईपीएल प्रसारण प्रतिबन्ध


1.4k
Shares

काठमाडौँ । बङ्गलादेश सरकारले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।

The current image has no alternative text. The file name is: ipl-fruffy.jpg

बङ्गलादेशको सूचना तथा प्रसारण मन्त्रालयले अर्को सूचना जारी नभएसम्म आईपीएलका सबै खेलको प्रसारण निलम्बन गर्न आदेश दिएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको निर्देशनमा कोलकाता नाइट राइडर्सले बङ्गलादेशी क्रिकेटर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि मन्त्रालयले उक्त निर्णय लिएको बताइएको छ ।

यसअघि युवा तथा खेलकुद मामिला सल्लाहकार आसिफ नजरुलले मुस्ताफिजुरलाई टोलीमा समावेश नगरिएकोप्रति आपत्ति जनाउँदै आगामी आईपीएल खेलहरूको प्रसारण रोक्न आवश्यक कदम चाल्न सूचना तथा प्रसारण सल्लाहकारलाई आग्रह गरेका थिए ।

उनले बङ्गलादेश क्रिकेट बोर्ड बीसीबीलाई सन् २०२६ को टी–२० विश्वकपमा बङ्गलादेशका खेलहरू भारतको सट्टा श्रीलङ्कामा सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीलाई पत्र लेख्न निर्देशनसमेत दिएका छन् ।

यसैबीच, बङ्गलादेश क्रिकेट बोर्डले सन् २०२६ को टी–२० विश्वकप खेल्न आफ्नो टोली भारत नपठाउने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्