
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
मंगलबार एमालेको सचिवालय बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै उनले चुनाव सार्ने षड्यन्त्रमा सरकार र विदेशी शक्ति नै लागेको बताएका हुन् ।
‘तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन,’ अध्यक्ष ओलीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेका छन् ।’
उनले वैदेशिक हस्तक्षेप नांगो रुपमा देखिन थालेको औंल्याएका छन् । ओलीले भनेका छन्, ‘नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चूनौतिपूर्ण बन्दै गएको छ र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको छ ।’
अहिले एमालेको सचिवालय बैठक च्यासलस्थित पार्टी कार्यालयमा बसिरहेको छ ।












