Logo
Logo

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव


8.2k
Shares

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले दलसँग आबद्ध भइसकेका मन्त्रीहरूले परिस्थितिको मूल्याङ्कन गरी आफैं निर्णय गर्नुपर्ने बताएकी हुन् ।

प्रधानमन्त्रीले कुनै मन्त्रीलाई व्यक्तिगत रूपमा नाम लिएर नभने पनि दलसँग आवद्ध भएकाहरूले बुझेर कदम चाल्नुपर्ने बताएको स्रोतले जानकारी दियो ।

हाल ऊर्जामन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङ तथा केन्द्रीय सदस्य बब्लु गुप्ता खेलकुदमन्त्री छन् । यस्तै, सञ्चारमन्त्री जगदिश खरेल पनि ललितपुर क्षेत्र नम्बर–२ बाट रास्वपाको तर्फबाट उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । यद्यपि उनी हालसम्म कुनै दलसँग औपचारिक रूपमा आवद्ध छैनन ।

कार्की नेतृत्वको सरकार गैरदलीय सरकार हो । यस्तो अवस्थामा रास्वपासँग आबद्ध भइसकेका घिसिङ र गुप्ता मन्त्री पदमै कायम रहनु उचित नभएको भन्दै उनीहरूले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्