Logo
Logo

न्यायालयको ढोका कुर्दै गोल्छा


693
Shares

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) भित्र दुई वर्षदेखि देखिएको विवाद कुनै संयोग होइन, यो त अध्यक्ष करण चौधरीको अक्षमता र नालायकीको परिणाम हो । गत साधारण सभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित चौधरीको कार्यकाल अब्बल हुनुपथ्र्यो, तर त्यसो भएन । सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएर पनि उनी नाडाको इतिहासमा कलंक बोकेर बाहिरिएका छन् । त्यति मात्रै होइन्, उनकै कार्यकालमा नाडा विभाजन भएर नाइमा गठन भएको छ ।

गत वर्ष मात्र स्थापना भएको नाइमा, नाडाको भविश्यका लागि चुनौती हो । नाइमाले पहिलो पटक सानदार अटो प्रदर्शनीको आयोजना गरेर नाडालाई चुनौती दिएको थियो भने अटोमोवाइल क्षेत्रमा देखिएका विकृति, विसंगति हटाउनेदेखि सरकारी नीति नियमका विषयमा समेत सरकारको ध्यानाकर्षण गर्दै आएको छ ।

वैद्यज् अर्गनाइजेशनकी ऋतुसिंह वैद्यको नेतृत्वमा स्थापित नाइमामा नाडाका पुराना सदस्यहरू आवद्ध भएकाले पनि अहिले नाडा जीवनमरणको संघर्षमा छ । नाइमामा कुनै गुटबन्दी छैन, छ त केवल व्यवसायिक स्वार्थ र चिन्ता । तर, नाडामा गुटबन्दी व्यापक भएका कारण हरेक साधारण सभा विवादित हुने गरेको छ ।

हालै सम्पन्न भएको भनिएको नाडाको ४९औँ साधारण सभा पनि विवादमुक्त भएन । ४७औँ साधारण सभामा आकाश गोल्छालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति अध्यक्ष चौधरीसँग भएको थियो । अन्ततः चौधरीले गोल्छालाई धोका मात्र दिएनन्, बेइज्जतपूर्ण तरिकाले वरिष्ठ उपाध्यक्ष पदबाट हटाउनेसम्मको हर्कत गरे ।

स्मरणहोस्, यही सहमतिमा टेकेर आकाश गोल्छाले चौधरीलाई सर्वसम्मत अध्यक्ष बन्ने ढोका खोलिदिएका थिए । त्यो गुण चौधरीले बिर्सिँदा नाडाभित्र दुईवटा गुट देखिएको मात्र होइन, नाडा ‘कोल्याप्स’ हुने बाटोमा उन्मुख हुँदै गएको छ । नाडालाई महासंघको ढाँचामा लैजाने प्रस्ताव पनि नाडाका पदाधिकारीहरुको विवादले अलपत्र परेको छ । महासंघमा लैजाने प्रक्रियाका बारेमा काठमाडौं जिल्ला प्रशासनले रोक लगाएको छ । नाडाभित्रको समस्या समाधान गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले पटकपटक निर्देशन दिए पनि त्यसलाई नाडाले लत्याउँदै आएको छ ।

यही पुस २५ गते नयाँ कार्यसमितिको निर्वाचन गर्ने भनिए पनि कार्यसमिति कस्तो भन्ने भन्ने टुंगो छैन । अध्यक्ष पदमा सुरेन्द्र उप्रेती मात्र उम्मेदवारी परेको छ । अन्य पदाधिकारीहरू यस निर्वाचन प्रक्रियाको विरुद्धमा अदालत धाएका छन् । उनीहरूले न्याय नपाएको खण्डमा नाडाबाट अलग हुने मनस्थिति बनाएका छन् । तैपनि न्यायको आशा मरेको छैन । यही पुस २४ गते उच्च अदालत पाटनले नाडा विवादबारे पेशी तोकेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार चौधरी निवर्तमान हुँदै गर्दा सबैलाई समेटेर नाडाको अस्थित्व जोगाउनुपर्नेमा उनकै कारण ४९औँ साधारण सभा विवादित बन्यो । सुरुमा गोल्छालाई बहिर्गमन गर्न उक्साउने महासचिव सुनिल रिजाल र उपाध्यक्ष राजनबाबु श्रेष्ठमध्ये एकजना अध्यक्ष बन्ने सहमति थियो । तर, अध्यक्ष निर्विरोध बन्दा पनि चौधरीले राजनबाबुलाई धोका दिएका कारण अध्यक्षमा उप्रेतीको मात्र उम्मेदवारी प¥यो ।

यस घटनाले राजनबाबु श्रेष्ठ र सुरेन्द्र उप्रेतीबिच मनमुटाव सुरु भइसकेको छ । नाडा स्रोतका अनुसार राजनबाबुले पनि नाडा छाड्ने मनस्थिति बनाएका छन् । त्यसो भयो भने नाडा थप कमजोर हुनेछ । उता गाडी आयात गर्ने डिलर्सहरूले नाडाबाट अलग भएर नाइमा खोलेको अवस्थामा सुरेन्द्र उप्रेतीको नेतृत्वमा बन्ने नयाँ कार्यसमितिमा झारेझुरे मोटर्स पार्टस् बेच्नेहरूको मात्र बाहुल्यता हुने देखिन्छ ।

नाडाका असन्तुष्ट पक्ष अदालतको निर्णयको प्रतीक्षमा छन् । अदालतले गोल्छालाई हटाउन षडयन्त्रपूर्वक गरिएको ४९औँ साधारण सभाको सबै प्रक्रिया खारेज गरिदिएको खण्डमा चौधरी, उप्रेती र श्रेष्ठको सम्पूर्ण षडयन्त्र पर्दाफास हुने विश्वास गरिएको छ ।

नाडाका एक पूर्वपदाधिकारी भन्छन्, “यो व्यक्तिको लडाइँ होइन, नाडालाई कसरी आफ्नो अनुकूल बनाउने भन्ने ठूलो खेल हो । वर्षौंदेखि चौधरी र सिप्रदी समूहले नीतिगत निर्णयहरूमा खेल्दै आफ्नो स्वार्थअनुसार नाडा चलाइएको असन्तुष्ट पक्षको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्