Logo
Logo

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालयमा अपराह्न २ बजे बस्ने भएको हो ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार तय गर्नेदेखि केन्द्रीय समिति विस्तारसम्मका विषयमा छलफल हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधिबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

यस्ता छन् आजको बैठकमा छलफलको लागि प्रस्तावित विषयहरूः

१. प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति ।
२. उम्मेदवार सिफारिस उपसमिति विस्तार ।
३. पार्टी समायोजन उपसमिति विस्तार ।
४. केन्द्रीय समिति विस्तार ।
५. निर्वाचन परिचालन समिति गठन ।
६. समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि ।
७. निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि ।
८. प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम ।
९. जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम ।
१०. स्थानीय तह उम्मेदवार क्लब गठन ।

प्रतिक्रिया दिनुहोस्