Logo
Logo

एमालेमा जिम्मेवारी बाँडफाँट, को-को बने प्रदेश संयोजक ?


3.9k
Shares

काठमाडौं । नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको हो ।

उपमहासचिव लेखराज भट्टका अनुसार कोशीमा शेरधन राईलाई संयोजक तोकिँदा मधेशमा लीलानाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

बागमतीमा महेश बस्नेत, राजधानी डा. राजन भट्टराई, गण्डकी खगराज अधिकारी, कर्णाली यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई संयोजक तोकिएको छ । यता संगठन विभाग प्रमुखमा भानुभक्त ढकाललाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्