Logo
Logo

एमाले-कांग्रेस नजिकिँदै गएपछि बाह्य शक्तिहरूलाई असहज बनेको छ : ओली


693
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको बताएका छन् ।
ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले निर्वाचन सार्ने र प्रतिनिधिसभा पुनर्स्थापना हुन नदिने प्रयास भइरहेको दाबी गरेका हुन् । 

ओलीले एमाले-कांग्रेस नजिकिँदै गएपछि सरकार र केही बाह्य शक्तिहरू असहज बनेको बताए । ओलीले अदालतमा समेत दबाब सिर्जना गर्ने गतिविधि बढ्दै गएकाले लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिएको बताए । 

ओलीले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद् पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिइँदै छ । यसले लोकतान्त्रिक मूल्य-मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ ।’

नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको भन्दै वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्