Logo
Logo

वीरगञ्जको धार्मिक विवाद सुल्झियो


504
Shares

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा उत्पन्न दुइ समुदायबीचको विवाद समाधान भएको छ।

The current image has no alternative text. The file name is: dharmik-bibad.jpg

जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सर्वपक्षीय बैठकले आपसी समझदारीका साथ विवाद समाधान गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, आज अपराह्न ४ बजे सद्भाव र्‍याली निकाल्ने सहमति भएको छ । बैठकले पाँच बुँदे निर्णय गर्दै वीरगञ्जको विवाद समाधान गर्ने सहमति गरेको उनले बताए ।

सर्वपक्षीय बैठकले अन्य मुलुक वा स्थानमा भएको घटनालाई लिएर वीरगञ्जमा कुनै पनि पक्षले विरोध प्रदर्शन नगर्ने सहमति पनि गरेको छ । यदि कुनै आन्दोलन वा ज्ञापनपत्र पेश गर्नु परेमा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने र त्यसपछि मात्रै कार्यक्रम सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सामाजिक सद्भावमा बाधा नपुग्ने गरी सञ्चार माध्यममार्फत समाचार सम्प्रेषण गर्ने सहमति समेत भएको छ । सबै पक्षले आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन कायम राख्न प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो विवाद सोमबार सुरु भएको थियो, जब हिन्दुवादी सङ्गठनहरूले आफ्नो धर्मका देवी-देवतामाथि अभद्र टिप्पणी भएको भन्दै प्रदर्शन थाले। यो घटनाको सन्दर्भ धनुषामा भएको मस्जिद तोडफोडसमेत रहेको थियो, जसको विरोध स्वरूप मुस्लिम समुदायले आइतबार प्रदर्शन गरेको थियो ।

प्रशासनले लगाएको कर्फ्यु आदेश आज साँझ ६ बजेसम्म जारी रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्