वीरगञ्ज । दुई धार्मिक समुदायबीचको तनावपछि मंगलबार साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू आज हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सर्वपक्षीय पाँच बुँदे सहमतिपछि कर्फ्यू हटाइएको जानकारी दिए ।

स्थानीय प्रशासनले मंगलबार साँझ ६ बजेसम्म कर्फ्यू समय थप गरेको थियो । हाल जिल्लामा शान्ति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको छ र नागरिकले स्वतन्त्र रूपमा आवागमन, व्यापार-व्यवसाय लगायतका दैनिक गतिविधि निर्वाध रूपमा सञ्चालन गर्न सक्ने अवस्था बनेको छ ।
बैठकले धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह-आन्दोलनकारीलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णयसमेत गरेको छ ।













