Logo
Logo

नक्कली भुटानी प्रकरणका अभियुक्त टोपबहादुर एमालेको उम्मेदवार सिफारिस


945
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता टोपबहादुर रायमाझीलाई नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट उम्मेदवार सिफारिस गरेको छ।

एमालेले पूर्व सचिव रायमाझीसँगै जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम पनि सिफारिस गरेको छ ।

एमाले जिल्ला कार्यालय सचिव लिलाबहादुर बिकका अनुसार, एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला कमिटीको बैठकले पाँच जनाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्