Logo
Logo

राष्ट्रिय सभाको निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने काँग्रेसको निर्णय


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ ।

काँग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको हो । 

काँग्रेसले राष्ट्रिय सभा निर्वाचनमा एमाले, नेकपा र जसपा नेपालसँग तालमेल गर्ने भएको छ ।   

कांग्रेसको कार्यसम्पादन समितिको बैठक पुस २३ गते बुधवार बिहान ९ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्