Logo
Logo

भ्रष्टाचार मुद्दामा प्रदीप परियारले पाए सफाइ


945
Shares

काठमाडौं । विशेष अदालतले सहसचिव एवं काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले उनीसहित ७ जनाविरुद्ध दायर रिटमा सफाइ दिएको हो ।

अख्तियारले गत जेठमा टेण्डरमा भ्रष्टाचार गरेको आरोपमा परियार सहित रवीनमान श्रेष्ठ, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल, जनार्दन गिरी र शिवराज अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सामाखुसी–बसुन्धरा करिडोरको ठेक्कामा प्रतिस्पर्धा गर्न योग्य भएको कम्पनी समानान्तरलाई अयोग्य बनाई त्यो भन्दा बढी रकम दाबी गर्ने कम्पनीलाई ठेक्का दिएको आरोप थियो । अख्तियारले उनीहरुमाथि ४ करोड ३१ लाख रुपैयाँ बिगो माग दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्