विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी नेकपाका खेमराज सुन्दास र नमिता न्यौपानेले बुधबार उम्मेदवारी दर्ता गराएका छन् ।

सुन्दासले दलित तर्फ र न्यौपानेले महिला तर्फ उम्मेदवारी दर्ता गरेका हुन् । अर्का उम्मेदवार हेमराज घिमिरे भने अनुपस्थित रहे । उनले आफ्नो उम्मेदवारी दर्ताका लागि वारेसना पठाएका थिए, तर हस्ताक्षरको अभावका कारण मनोनयन दर्ता हुन सकेन । मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले जानकारी दिएका छन् ।
यसैगरी, कांग्रेस–एमाले गठबन्धनतर्फ एमालेका सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् । कांग्रेसबाट सुनील थापाले अन्य तर्फ मनोनयन दर्ता गरेका छन् ।












