काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको समानुपातिक सूचीमा परेका डा. रामजी रामलेपनि आफ्नो नाम फिर्ता लिएका छन् ।

डा. रामले फेसबुकमा लेखेका छन्, “दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।”
उनले संसद्को कुर्सीमा बस्नु मात्र परिवर्तनको माध्यम नभएको बताएका छन् । उनका अनुसार, “सामाजिक चेतनाका थुप्रै मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिन्छ भन्ने विश्वास मेरो जीवनको अभ्यास हो।”
समानुपातिक उम्मेदवार सूचीबारे सामाजिक सञ्जालमा बढ्दो आलोचनासँगै यस प्रकार नाम फिर्ता गर्नेको संख्या पनि बढ्न थालेको छ ।












