Logo
Logo

सरकारले चुनाव घोषणा गरे पनि चुनावी वातावरण छैन: ओली


252
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनाव घोषणा गरे पनि वर्तमान अवस्थामा चुनावी वातावरण नभएको दाबी गरेका छन् ।

The current image has no alternative text. The file name is: oli.jpg

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “अव सरकारले चुनाव भनेको छ तर चुनावी वातावरण छैन । खोसिएका हतियार अझै जम्मा भैसकेका छैनन् । जेल फोडेर बाहिर निस्केका मानिसहरू सरकारको नियन्त्रणमा आएका छैनन् ।”

अध्यक्ष ओलीले विभिन्न आपराधिक घटना बढ्दो रहेको भन्दै भविष्यमा चुनावमा अझ बढी घटना हुन सक्ने चेतावनी दिए। उनले जेनजी आन्दोलनसँग सम्बन्धित केही अवाञ्छित तत्त्वहरू सक्रिय रहेको र यसले देशको प्रशासनमा असर पारिरहेको उल्लेख गरे । “अवको मन्त्रिपरिषद् जेनजीका नाममा आग्रही, पूर्वाग्रही र प्रतिशोधी मानसिकताका व्यक्तिहरूको हातमा पुगेको छ। अनाडी सडक छाप कसरी जेनजीका प्रतिनिधि भए थाहा छैन,” उनले भने।

पूर्वप्रधानमन्त्री ओलीले ती व्यक्तिहरूमा लोकतन्त्रको भावना नभएको र आवश्यक चेत नभएको पनि बताए। उनले देशमा संविधान भए पनि आगजनी र अन्य हिंसात्मक घटनाहरू भइरहेको भन्दै, “देश जलेपछि मैले राजीनामा दिएको थिएँ । अहिलेको सरकारले चुनाव गराउनुपर्ने भए पनि सुरक्षा निकायको मनोबल बढाउने काममा ध्यान नदिएकाले चुनाव हुनसक्ने अवस्था छैन,” भन्ने संकेत दिए ।

ओलीले प्रधानमन्त्रीले सेना परिचालन गरेर निर्वाचन गराउने भन्ने अफवाह फैलाएको भन्दै प्रश्न गरेका छन्, “सेनाले बुथमा मतदान अधिकृत जस्तै कसरी बस्छरु”

प्रतिक्रिया दिनुहोस्